नेपाली दूतावास कतार लाइ विवेकशील नेपाली कतारले बुझायो ध्यानाकर्षणपत्र



दोहा, केही समय अघी मात्र दोहा कतारका लागी नियुक्त हुनू भएको महामहिम राजदूत श्री नारदनाथ भरद्वाज संग विवेकशील नेपाली कतारको भेटघाट सम्पन्न भएको छ l विवेकशील नेपाली कतारका अध्यक्ष श्री गौराराज अधिकारी ज्यूले गुलाबको फूल दिएर स्वागत गर्नू भएको थियो l उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा सल्लाहकार द्वय श्री कल्याण अधिकारी ज्यू र सुवास गौतम ज्यूले खादा लगाई स्वागत गर्नूभयो भने उपस्थित विवेकशील नेपाली कतारका पदाधिकारी ज्यूहरुले हात मिलाई न्यानो स्वागत गर्नू भएको थियो l नव नियुक्त राजदूत ज्यूलाई वर्तमान दोहाको अवस्था बारे जानकरी गर्दै हालै मात्र जारी गरेको श्रम स्विकृती समन्धिको विग्‍यप्ति उपर विवेकशील नेपाली कतारले ध्यानाकर्षण पत्र बुझाएको छ l उक्त पत्रमा श्रमिकमा पर्ने समस्या उपर पुनर्विचार गर्दै केही समय अबधि पश्चात् श्रममा एकरूपता ल्याउनू नेपाल सरकार समक्ष पहलकदमी चाल्ने आग्रह गरेको छ l


दोहामा हुने भिषा कारोबार रोक्न र मानवलाई अलपत्र पार्ने त्यस्तो तस्करीलाई कारबाहिको दायरामा ल्याई कानूनी प्रक्रिया थाल्न अनुरोध गरेको छ l साथै नेपाली श्रमिकको समस्या बुझ्न कामदार रहने क्याम्प भिजिट गर्न पनी सुझाव दिएको छ l विदेश जान गर्नू पर्ने श्रम दुइ बर्षको र बिमा तिन वर्षको गर्दा नियमित रूपमा विदेशिने कामदारलाई आर्थिक भार पर्ने र ईन्सुरेन्स कम्पनी मोटाउने हुँदा यस बारे गम्भीर हून विवेकशील नेपाली कतारले ध्यानाकर्षण गरेको छ l
देशको आर्थिक भार वहन गर्ने लाखौं युवा विदेशमा हुनू पर्नूको अवस्था र सही नेतृत्व चुन्न नपाउने अपमान बाट मुक्त गर्न नेपाल सरकार समक्ष आवश्यक छलफल गर्नू पर्ने माग केन्द्रिय सदस्य सुरेश भट्ट आश्रिनले उठान गर्नू भएको थियो l


कार्यक्रमको अन्तिममा दूतावासको तर्फबाट समन्वय र सहकार्य गर्न विवेकशील नेपाली कतार टिमलाई हार्दिक अनुरोध गर्दै सहायक प्रबंधक श्री लक्षमण खनालले अाफ्नो भनाई राख्नु भएको थियो l भिजिट नेपाल २०२० लाई सफल बनाऊन विवेकशील नेपाली कतारलाई सहयोग गर्न महामहिम राजदूत ज्यूले अनुरोध गर्दै कार्यक्रमको अन्त भएको थियो l


l

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *