विवेकशील नेपाली दल-अमेरिकाको अन्तरक्रिया सम्पन्न

विवेकशील नेपाली दल अमेरिकाको आयोजनामा मिति नोवेम्बर 09 ,2019 का दिन नवनिर्वाचित केन्द्रिय महासचिव निर्देश सिलवालको उपस्थितीमा अमेरिकाको ड्यालस वरपर बसोबास गर्ने नेपाली समुदायसँगको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो |

उक्त कार्यक्रमको संचालन राज अधिकारीले गर्नु भएको थियो भने, महासचिव सिलवालले विवेकशील नेपाल दलको बर्तमान चुनौती, आगामी योजना र लक्षका बारेमा सहभागीहरुलाई जानकारी गराउनु हुँदै सहयोगको लागि आह्वान गर्नुभएको थियो तेस्तै विवेकशील नेपाली प्रवास कमिटीका अध्यक्ष संजय रिमालले विवेकशील नेपाली दलको बिगत र बर्तमानका बारेमा आफ्नो धारणा राख्नुभएको थियो |

उक्त कार्यक्रममा सहभागीहरुले विभिन्न आफ्नाजिज्ञाशाहरु राख्नु भएको थियो सोही क्रममा चर्चित नेपाली चलचित्र निर्देशक तथा विवेकशील नेपाली दलका शुभेच्छुक नारायण पुरीले विवेकशील नेपाली दलले गर्दै आएको कामहरुको प्रशंसा गर्दै यसको लक्ष नेपाल र नेपालीको हितमा रहेको र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचनबद्धता जाहेर गर्नुभएको थियो र सहभागीहरुको बिभिन्न प्रश्न एबं जिज्ञासाको उत्तर दिने क्रममा महासचिव सिलवालले विवेकशील नेपाली दल नै बैकल्पिक राजनीतिको मुख्य विकल्प हुनेमा कुनै शंका नगरिकन विवेकशील राजनीतिमा हातेमालो गर्न समुदाय संग अपिल समेत गर्नु भएको थियो

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *