सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता अहिले एकपछि अर्को विवादमा फसिरहेका छन् । ज्ञानेन्द्र शाही माथिको आक्रमण, कांग्रेस नेता मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास, बाँके कांग्रेस सभापति किरण कोइराला माथिको आक्रमण नेकपाका कार्यकर्ताले गरेका छन् । योसँगै जुवातास खेलिरहेको अवस्थामा बाजुरामा नेकपाका नगर सचिव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो ।

सोही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका–२ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका–४ का जगत भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मि. ड.

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *