राष्ट्रिय जनमोर्चासहित १४ संगठनको संघर्षका कार्यक्रम घोषणा

राष्ट्रिय जनमोर्चासहित विभिन्न १४ वटा जनवर्गीय संगठनहरुले २०७६ सालभरी सञ्चालन गर्ने संघर्ष र संगठन निर्माण अभियानको घोषणा भएको छ । आइतबार अध्यक्ष चित्रबहादुर केसीले प्रस वक्तव्य प्रकाशित गरी १४ संगठनले आयोजना गर्ने विभिन्न कार्यक्रमको घोषणा गर्नुभएको हो ।

राजमोससहितका जनवर्गीय संगठनहरुको यही असोज ३० र कात्तिक १ गते काठमाडौंमा भएको प्रशिक्षण एवं सचिवालय बैठकले ति कार्यक्रम तय गरेको हो । अध्यक्ष केसीद्वारा जारी वक्तव्य यस्तो छः

“राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनको केन्द्रीय सचिवालय स्तरको दुईदिने संयुक्त प्रशिक्षण कार्यक्रम तथा कार्यशाला यही २०७६ आश्विन ३० र कार्तिक १ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त संयुक्त प्रशिक्षण एवं कार्यशाला गोष्ठीको उद्घाटन का. चित्रबहादुर के.सी.ले गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा र जनवर्गीय संगठनहरुले संगठन विस्तार अभियान तथा राष्ट्र र जनताको सामु देखापरेका गम्भीर समस्याहरुको विषयलाई लिएर निम्नानुसार विभिन्न संघर्षका कार्यक्रमहरु तय गरेका छन् । विभिन्न संगठनहरुले उक्त कार्यक्रमहरुमा समन्वयगरी एकीकृत रुपमा सञ्चालन गरिने छ ।

त्यस अनुसार विभिन्न संगठनहरुका हाल निर्धारित कार्यक्रम सहित अन्य कार्यक्रमहरु माग वा नाराहरुलाई पनि बढीभन्दा बढी प्रचार गर्ने सबै संगठनहरको जिम्मेवारी हुनेछ ।

१. राष्ट्रिय जनमोर्चा : अहिले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता माथि चौतर्फी हमला हुन थालेको छ । यसको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता हो । राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षालाई प्रमुख राजनीतिक विषय बनाएर देशव्यापी संगठन र संघर्षको निम्नानुसार चरणवद्ध कार्यक्रम बनाएको छ ।

(क) २०७६/७/२८ गते केन्द्रीय कार्यालयको तर्फबाट काठमाडौंमा “राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं” भन्ने विषयक अन्तरक्रिया कार्यक्रम गर्ने । उक्त कार्यक्रममा राजावादी, मधेशवादी र जातिवादी बाहेक अन्य पक्षलाई आमन्त्रण गर्ने ।

(ख) कार्तिकमा प्रचारात्मक कार्यहरु गर्ने । गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेषताको रक्षा र संघीयता, फितलो नागरिकता नीति, भ्रष्टाचार, महंगी आदिको विरोध गर्ने । त्यसका लागि पत्रकार सम्मेलन, गोष्ठी, अन्तरक्रिया, सभा, कोणसभा, पोष्टरिङ, भित्ते लेखन, पर्चा वितरण आदि गर्ने ।

(ग) २०७६ मंसिरमा उल्लेखित विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम निम्नलिखित जिल्लाहरुमा गर्ने : मोरङ, सुनसरी, झापा, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, बागलुङ, तनहु“, कास्की, पर्वत, नवलपुर, स्याङ्जा, म्याग्दी, बर्दिया, बा“के, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखा“ची, प्यूठान, रोल्पा, सुर्खेत, दैलेख, कालिकोट, कैलाली, कञ्चनपुर, डोटी, डढेलधुरा ।

(घ) २०७६ पौषमा हुने एक महिने जिल्ला स्तरीय संघर्षको कार्यक्रमको तयारीको लागि मंसिरमा जिल्लाहरुले हेण्डविल प्रकाशन गर्ने, आर्थिक व्यवस्थापन गर्ने र संघर्षको अभियानमा सामेल हुने स्थायी र अस्थायी टोली निर्माण गर्ने ।
(ङ) २०७६ पौषको एक महिने जिल्ला स्तरीय संघर्षको कार्यक्रम अन्तर्गत जिल्लाहरुमा बृहतसभा र कोणसभाहरु हुनेछन् ।

सभाहुने जिल्लाहरु : सुनसरी, मोरङ, इटहरी, पर्सा (वीरगंज), बारा, कञ्चनपुर, काठमाडौं, मकवानपुर, चितवन, नवलपुर, कास्की, बागलुङ, तनहु“, बर्दिया, बा“के, दाङ, प्यूठान, रोल्पा, अर्घाखा“ची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी, सुर्खेत, दैलेख, कैलाली, डोटी ।

कोणसभा हुने जिल्लाहरु : झापा, इलाम, उदयपुर, रौतहट, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काभ्रे, स्याङ्जा, पर्वत, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, कलिकोट, डढेलधुरा, जाजरकोट ।

(च) २०७६ माघमा फागुनमा हुने संगठन विस्तार अभियानको तयारीको लागि गाउ“, टोलसम्म संगठन विस्तार सम्बन्धी योजना बनाउने, सदस्यता तथा रसिद छपाउने, आर्थिक व्यवस्थापन गर्ने, एक महिनाको लागि खट्ने स्थायी र अस्थायी संगठनकर्ताको टिम तय गर्ने । अन्य जनवर्गीय संगठनहरुस“ग सहयोगको लागि समन्वय गर्ने ।

(छ) २०७६ साल फागुन एक महिना पूरै सबै जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन हुनेछ । त्यस अभियान अन्तर्गत सदस्यता वितरण, समिति निर्माण, प्रशिक्षण, जनभेटघाट, आर्थिक अभियान पनि हुनेछ ।
(ज) २०७६ चैत्र माहिनामा हुने अखिल नेपाल किसान संघको संगठन विस्तार अभियानलाई देशव्यापी रुपमा सहयोग गर्ने ।

(झ) विद्यार्थी संगठनले सञ्चालन गर्ने संघीयता विरोधी काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय भूमिका खेल्ने ।

(ञ) फागुन महिना भित्र सम्मेलन गर्ने जिल्लाहरु : १. बारा, २. मोरङ, ३. सिन्धुपाल्चोक, ४. ललितपुर, ५. चितवन, ६. मकवानपुर, ७. तनहु“, ८. स्याङ्जा, ९. पर्वत, १०. बा“के, ११. बर्दिया, १२. प्यूठान, १३. रोल्पा, १४. गुल्मी, १५. कालिकोट, १६. सुर्खेत, १७. दैलेख, १८. कैलाली, १९. डोटी र २०. डडेलधुरा ।

(ट) फागुन महिनाभित्र भेला गर्ने जिल्लाहरु : १. झापा, २. उदयपुर, ३. ओखलढुंगा, ४. सर्लाही, ५. पर्सा, ६. भक्तपुर, ७. काभ्रेपलाञ्चोक, ८. सिन्धुली, ९. धादिङ, १०. रामेछाप, ११. दोलखा, १२. म्याग्दी, १३. रुकुम पूर्व, १४. हुम्ला, १५. जुम्ला, १६. मुगु, १७. रुकुम पश्चिम, १८. जाजरकोट, १९. बैतडी, २०. बझाङ, २१. दार्चुला र २२. सल्यान ।

(ठ) समिति गठन, पुनर्गठन गर्ने जिल्लाहरु :१. महोत्तरी, २. धनुषा, ३. इलाम, ४. संखुवासभा, ५. भोजपुर, ६. खोटाङ, ७. धनकुटा, ८. गोर्खा, ९. लमजुङ, १०. डोल्पा, ११. बाजुरा, १२. नुवाकोट र १३. रसुवा ।

(ड) जिल्ला तहमा विकास समिति र पर्यटन समितिको गठन गर्ने ।

२. अखिल नेपाल युवक संघ : अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकताको समस्याको विषयलाई लिएर निम्नअनुसार संघर्ष र संगठन विस्तारका कार्यक्रमहरुको घोषणा गरेको छ ।

(क)२०७६ कार्तिक १५ देखि २०७६ मंसिर १५ सम्म जिल्ला भेला र प्रशिक्षण गर्ने ।(ख) २०७६ मंसिर १६ देखि पुष ५ सम्म राष्ट्रिय परिषद् बैठकको तयारी गर्ने ।
(ग) २०७६ पौष ७ गते राष्ट्रिय परिषद्को बैठक बस्ने ।
(घ) २०७६ पौष ९ देखि १६ गतेसम्म फिल्डवर्क गर्ने ।
(ङ) २०७६ माघ १५ देखि ३० सम्म मेची महाकाली खबरदारी अभियान मोटरसाइकल -याली गर्नेछ ।

३. अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) :अन्टुकले निम्न अनुसार कार्यक्रमको घोषणा गरेको छ :

(क) २०७६ पौष ४–५ गते राष्ट्रिय परिषद्को बैठक बस्ने छ ।
(ख) २०७६ पौषमा पालिका कार्यालय, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई मजदुरहरुको मागलाई लिएर ज्ञापनपत्र दिने ।
(ग) प्रदेश र जिल्ला स्तरमा अन्तरक्रिया कार्यक्रम गर्ने ।
(घ) २०७६ माघमा औद्योगिक क्षेत्रमा संगठन विस्तार गर्ने ।

४. अखिल नेपाल किसान संघ
(क) भू–उपयोग नीति र किसानको समस्याको बारेमा जानकारी लिन अध्ययन समूहको गठन गरिने छ ।

(ख) कार्तिक १८ गते सचिवालयको बैठक बुटवलमा बस्ने ।

(ग) ५ नं. प्रदेशमा किसान मार्चको सञ्चालन गर्नेबारे सचिवालयको आगामी बैठकमा त्यसको विस्तृत कार्यक्रम तयार पार्ने ।

(घ) २०७६ पौष महिनामा कपिलवस्तु, कञ्चनपुर, बा“के जिल्लामा किसान समस्याको अध्ययन गर्न टोली पठाउने ।

(ङ) २०७६ माघमा संगठन विस्तार अभियान चलाउने ।

(घ) २०७६ चैत्रमा तराई–मधेश जनवादी मोर्चास“गको सहकार्यमा मधेशमा संगठन विस्तार र मधेशका समस्यालाई लिएर संघर्षका कार्यक्रम चलाउने छ ।

५. अखिल नेपाल महिला संघ – अखिल नेपाल महिला संघले निम्नअनुसार संगठन विस्तार र संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।

(क) २०७६ मंसिर अन्तिमसम्म जिल्ला भेला र सम्मेलन गर्ने निर्णय गरेको छ ।

(ख) २०७६ फागुन २–३ मा राष्ट्रिय सम्मेलन गर्नेछ ।

(ग) २०७६ फागुन २० देखि २०७७ बैशाख १ गतेसम्म महिला हिंसा विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।

६. अखिल नेपाल जनजाति सम्मेलन – अखिल नेपाल जनजाति सम्मेलनले जनजातिहरुको समस्यालाई लिएर निम्नअनुसार संगठन विस्तार र संघर्षको कार्यक्रमको ठेगान गरेको छ ।

(क) २०७६ मंसिर १५ देखि ३० गतेसम्म संगठन विस्तार अभियान ।
(ख) २०७६ माघ ५ देखि १२ गतेसम्म कञ्चनपुर–दाङ अभियान ।
(ग) २०७६ फागुन २३–२४ खेलकूद सम्बन्धी कार्यक्रम ।

७. जातीय समता समाज : जातीय समता समाजले निम्नअनुसार संगठन र संघर्ष सम्बन्धी कार्यक्रम बनाएको छ ।

(क) २०७६ कार्तिक २७–२८ विस्तारित बैठक गर्ने ।
(ख) २०७६ फागुनमा राष्ट्रिय सम्मेलन गर्ने ।
(ग) संगठनका आन्तरिक प्रशिक्षण भेला गर्ने ।

८. विद्यार्थी

मंसिर र पुसमा देशभर जिल्लामा तयारी भेला र प्रशिक्षण । सम्बन्धित प्रदेशका इन्चार्ज र सबै प्रदेशका कार्यक्रममा केन्द्रीय अध्यक्षले प्रशिक्षण दिने र तयारीको निर्देशन गर्ने कार्यक्रम । माघ र फागुनमा सबै जिल्लामा तयारी गर्ने र फागुन अन्तिम हप्तामा संघीयता विरुद्ध काठमाडौं मार्च गर्ने । काठमाडौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा जुलुस प्रदर्सन र सभा । देशव्यापी रुपमा विद्यार्थी परिचालन ।

९. अखिल नेपाल बुद्धिजीवी संघ

(क) अखिल नेपाल बुद्धिजीवी संघको मुखपत्र ‘विचार प्रवाह’को प्रकाशन २०७६ मंसिरसम्म प्रकाशन गर्ने ।

(ख) अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय समितिको आयोजनामा मिति २०७६ पौष १२ गते काठमाडौंमा ‘संविधानका समस्या’ अन्तरक्रिया गर्ने ।

(ग) २०७६ पौष मसान्तसम्म जिल्ला समिति गठन, पुर्नगठन गर्न १९ जिल्लामा केन्द्रीय समितिबाट इन्चार्जहरु तोकिएका छन् । त्यसरी निर्माण भएका जिल्ला समितिहरुको आयोजनामा ‘गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने । कार्यक्रम निम्न जिल्लाहरमा सञ्चालन हुनेछ । काठमाडौं – २०७६ पौष २६ गते, वक्ता – श्रीधर गौतम, सिन्धुपाल्चोक – माघ २५ गते, वक्ता – भोला ढकाल, चितवन माघ १८ गते वक्ता श्रीधर गौतम, नवलपुर माघ २५ गते वक्ता अजय शर्मा, कपिलवस्तु पौष १९ गते वक्ता दुर्गानाथ खरले, रुपन्देही माघ १८ वक्ता, अजय शर्मा, अर्घाखा“ची पौष १९ गते वक्ता लिला बहादुर के.सी., दाङ माघ ४ गते वक्ता भोला ढकाल, प्यूठान माघ ४ गते वक्ता भरतमणि भण्डारी, बाग्लुङ माघ ११ गते वक्ता काजी गाउले श्रेष्ठ, कास्की माघ १८ गते वक्ता काजी गाउले श्रेष्ठ, कञ्चनपुर पौष १९ गते वक्ता गोपाल गिरी, डोटी पौष २६ गते वक्ता गोपाल गिरी, सुर्खेत माघ ४ गते वक्ता श्रीधर गौतम, नुवाकोट मंसिर ७ गते वक्ता समीर सिंह । त्यसका साथै बढीभन्दा बढी सदस्यहरु बनाई संगठनको विस्तारको लागि पहल गर्ने ।

१०. अखिल नेपाल शिक्षक संघ

(क) सांगठनिक कार्यक्रम – २०७६ मंसिरदेखि चैत्र महिनासम्म सम्भावित जिल्लाहरु बारा, परासी, नवलपुर, गोरखा, नुवाकोट, स्याङ्जा, गुल्मी, पर्वत लगायतका जिल्लाहरुमा संगठन निर्माण गर्ने । त्यसको लागि जनवर्गीय संगठनहरुस“ग समन्वय गर्ने । केन्द्रीय नेतृत्वको जिम्मेवारी बा“डफा“ड गर्ने ।

(ख) प्रचारात्मक कार्यक्रम –

(१) ‘राष्ट्रिय स्तरमा जनवादी शिक्षा, वर्तमान आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।

(२) सहभागिता – अखिल नेपाल शिक्षक संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यह, जनवादी शिक्षाको निम्ति पार्टी केन्द्रको दृष्टिकोणको निर्देशन, अन्य वाम बुद्धिजीवीहरु ।

(३) केन्द्रीय कार्याक्रम पछि विभिन्न जिल्लाहरु प्यूठान, बाग्लुङ, दाङ, अर्घाखा“ची, मकवानपुरमा केस र जिसको निर्णय अनुसार मिति तोकी कार्यक्रम तय गरिने छ ।

(४) संघर्षका कार्यक्रम –

पेशागत आन्दोलन सञ्चालन – अनेशिसंघ र नेपाल शिक्षक महासंघस“गको संलग्नतामा गरिनेछ ।

आन्दोलनका विषयहरु – पेशागत हक अधिकारको सुरक्षा, शिक्षालाई सरकारको पूर्ण जिम्मेवारी हुनुपर्ने, एक शिक्षा नीति अनिवार्य हुनुपर्ने, निःशुल्क र व्यवहारिक शिक्षा लागू हुनुपर्ने, रोजगारमुलुक शिक्षा, व्यवहारमा लागू हुनुपर्ने ।
नियमित सांगठनिक कार्यक्रमहरु सञ्चालन गर्ने ।

११. अखिल नेपाल कानून व्यवसायी संघ

(क) विद्यार्थी मोर्चास“ग समन्वय गरेर कानून अध्ययन संस्थानहरुमा प्रचारात्मक तथा संगठनात्मक कार्यक्रमहरु गर्ने ।

(ख) अन्टुकस“ग समन्वय गरेर कलकारखाना तथा उद्योगहरुमा गई मजदुरस“ग भेटघाट गर्ने एवं मजदुर पक्षिय कानूनको बारेमा जानकारी गराउने र संगठित गर्ने काम गर्ने ।

(ग) महिलासंघस“ग समन्वय गरेर महिला हिंसा र अन्य समस्या तथा महिला हक अधिकारका विषयका कानूनी प्रशिक्षण सञ्चालन गर्ने ।

(घ) बुद्धिजीवी संघ, शिक्षक संघ, प्रगतिशील पत्रकार संघ समेतस“ग समन्वय गरेर संघीयताको दुष्परिणाम एवं राष्ट्रियता लगायतका विषयमा राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम गर्ने र प्रदेश स्तर र जिल्ला स्तरसम्म अन्तरक्रिया कार्यक्रमको प्रयत्न गर्ने ।

(ङ) ने.वा.ए.को पूर्व नेतृत्व, पूर्व प्रधानन्यायधीश, न्यायाधिश, पूर्व प्रशासक वरिष्ठ अधिवक्ता एवं न्यायक्षेत्रमा क्रियाशील व्यक्तिहरुस“ग पार्टीको नेतृत्वलाई भेटघाट एवं छलफल गराउने ।

(च) निर्वाचन आयोग र नेपाल सरकार समक्ष विदेशस्थित नेपालीहरुको मतदानको अधिकारको पक्षमा सर्वोच्चको फैसला कार्यान्वयन र आवश्यक कानून निर्माणको लागि ज्ञापनपत्र सहित डेलिगेशन जाने ।

(छ) अखिल नेपाल कानून व्यवसायी संघको तर्फबाट अन्य कानून व्यवसाय :संगठनहरु समेतस“ग गणतन्त्र एवं धर्मनिरपेक्षता उपरको चुनौती तथा गणतन्त्र र धर्मनिरपेक्षता संस्थागत गर्ने विषयमा छलफल चलाउने ।

(ज) अन्तर्राष्ट्रिय एकता समाज र राष्ट्रिय जनमोर्चास“ग समन्वय गरेर श्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग र अन्टुकस“ग समन्वय गरेर श्रम कार्यालयमा बैदेशिक रोजगारको लागि विदेशमा रहेका श्रमिकको मानवअधिकार एवं कानूनी हक अधिकारको रक्षा र उपयोगको लागि यथोचित प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने ।

(झ) अनेमसंघस“ग समन्वय गरेर महिला तथा बालबालिका बेचविखनको अन्त्य तथा उनीहरुको मानवअधिकारको रक्षा गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने ।

(ञ) समता समाजस“ग समन्वय गरी सामाजिक भेदभाव र छुवाछूतका समस्या एवं दलित हकहित अधिकारको विषयमा कानूनी प्रशिक्षण सञ्चालन गर्ने ।

(ट) जनवर्गीय संगठनका नेतृत्व तहका कामरेडहरु बीचमा देवानी तथा फौजदारी संहिता बारेमा प्रशिक्षण सञ्चालन गर्ने ।

(ठ) जनवर्गीय संगठनको माग अनुसार कानूनी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।

(ड) प्रधानन्यायधीस र ने.वा.ए.स“ग कानूनको शासन, जनताको न्यायमा सहज पहु“च र भ्रष्टाचार मुक्त न्यायपालिका लगायतका विषयमा डेलिगेशन जाने ।

(ढ) विभिन्न जनवर्गीय संगठनस“ग कानूनी परामर्श गर्ने ।

(ण) विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने ।

१२. रक्तिम सांस्कृतिक अभियान

(क) २०७६ को तिहारको अवसरमा देउसी, भैलो कार्यक्रम गर्ने ।

(ख) मंसिर र पौषमा प्रकाशन गर्ने ।

ग) २०७६ माघ महिनामा संगठन विस्तार अभियान चलाउने ।

(घ) राष्ट्रिय सांस्कृतिक जागरण अभियान राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान संगस“गै गर्ने ।

१३. प्रगतिशील पत्रकार संघ नेपाल

(क) प्रगतिशील पत्रकार संघ नेपालले ०७६ मंसिर १८ गते प्रदेश नं. ५ को राजधानी बुटवलमा केन्द्रीय समितिको बैठक बस्ने र उक्त बैठकले २०७७ जेष्ठ महिनाभित्र राष्ट्रिय भेला गर्ने निर्णय गर्नेछ ।

(ख) नेपाल पत्रकार महासंघमा प्रगतिशील पत्रकारलाई देशव्यापी प्रतिनिधित्व गराउन जोड दिने ।

(ग) राष्ट्रिय जनमोर्चा र अन्य जनवर्गीय संगठनले तय गरेका संगठन र संघर्षका कार्यक्रमहरुलाई प्रसारित गर्न सहयोग गर्ने ।

१४. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

(क) राष्ट्रिय पञ्जिकरण सिटिजनको (एनआरसी) विषयमा ५ नोभेम्बरमा गुहाटीमा पत्रकार सम्मेलन गर्ने ।

(ख) विभिन्न क्षेत्रहरुमा सभा, गोष्ठी, जुलुस, पर्चा वितरण गर्ने विरोधसभाहरु गर्ने ।

(ग) नगरहरुमा जनवादी भैलो खेल्ने ।

(घ) सैद्धान्तिक, राजनीतिक प्रशिक्षण ८–१० नोभेम्बर २०१९ दिल्लीमा ७ जिल्लाको र १५, १६, १७ मा ६ जिल्लाको हैदरावादमा गर्ने ।

(ङ) नेपाली एकताको अनलाईन पत्रिका ७ नोभेम्बरमा मूल प्रवाहको चार वर्षको चार दशकको उपलक्ष्यमा विमोचन गर्ने ।

(च) नेपाली समाचारको २०२० नया“ ग्राहकको विक्रीका लागि नगरहरुमा नगर भेला गर्ने ।

(छ) जनवरी, फ्रेबुरी, मार्च तीन महिनामा सदस्यता नवीकरण र संगठन विस्तार गर्ने ।”

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *