एनआरएनए चुनाव– नेकपाको समर्थन अध्यक्षमा कुमार पन्त र कोषाध्यक्षमा सुदन थापालाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद ९एनआरएनए आईसीसी को कुम्भमेला सुरू हुन अब केही दिन मात्रै बाँकि छ। यही अक्टोबर १५ देखि १७ सम्म आयोजना हुने यो कुम्भमेलाका लागि ठूलो संख्यामा एनआरएन अगुवाहरू काठमाडौै आईसकेका छन् भने केही काठमाडोैतिर आउन लागेका तस्बिरले सामाजिक सञ्जालका भित्ताहरू रंगिएका देखिन्छन् ।

केहिदिनदेखि काठमाडौँ पुरै एनआरएनएमय बनेको छ । एनआरएनए सचिवालमयमा विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको जमघटले बेग्लै रौनक छाएको छ । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफन्नो पक्षमा माहोल बनाउन व्यस्त देखिन्छन्।

काठमाडौं ओर्लिएका विभिन्न देशका प्रतिनिधिहरु अहिले कसलाई नेतृत्वमा ल्याउने भनेर दिनरात गोप्य बैठकहरू गरिरहेको तथ्य पनि बाहिर आएको छ। उनीहरु राजधानीका विभिन्न तारे होटेलमा बसेरे कस–कसलाई जिताउने भन्ने रणनीति बुन्न तल्लिन छन्।

एनआरएनएलाई पूर्णरुपमा गैर राजनीतिक संस्था भनिएता पनि यसको चुनाव राजनीतिबाट अछुतो रहन सक्दैन । एनआरएनएका नेता चुन्न विगतमा स्पष्टसंगै देखिएका राजनीतिक दलका भातृ संगठनहरुको सक्रियता यसपालि पनि सुरु भएको छ।

यसापालीको चुनाव राजनीतिक रूपमा मुलतः दुई खेमामा हुने देखिएको छ । लेफ्ट (वाम) र डेमोक्र्याट (प्रजातन्त्रात्रिक) खेमामा हुने देखिएको हो ।

संघको नयाँ नेतृत्वका लागि निर्वतमान कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । उनी नेकपा निकटका हुन् ।

वामपन्थी विचार बोकेका पन्तलाई नेकपाले पूर्ण समर्थन गर्ने बताइएको छ । पन्तलाई नेकपाको पूर्ण समर्थन हुने भएपछि नेतृत्वमा आउने उनको सम्भावना बढ़ेको छ । दुई कार्यकाल उपाध्यक्ष र त्यस अगाडि महासचिव सहित विभिन्न जिम्मेवारी सम्हालेका पन्त अबको चुनावमा एक बलिया प्रत्यासी हुन्।

त्यस्तै नेकपाले कोषाध्यक्षमा सुदन थापालाई समर्थन गर्ने भएको छ । वर्तमान कार्यसमितिमा युवा संयोजकको जिम्मेवारीमासमेत रहेका थापालाई नेकपाले पूर्ण समर्थन गर्ने भएको हो।

थापा एनआरएन भित्रै सबैले रुचाइएका व्यक्ती पनि हुनु । उनले एनसीसी जापानको कार्यसमिति सदस्य २ कार्यकाल, उपाध्यक्ष, अध्यक्ष, आईसीसीको युवा प्रतिनिधि हुँदै हाल आईसीसीको युवा संयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

एनसीसीमा कार्यसमिति सदस्यदेखि आईसीसीमा युवा संयोजकसम्मको एनआरएनए यात्रामा थापाले सधै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर बेग्लै पहिचानसमेत बनाएका छन्।

नेकपा पाटिको पूर्ण समर्थन हुनेभएपछि संघको भावि कोषाध्यक्षमा थापा विजयी हुने लगभग पक्का भैसकेको छ । अन्य पदहरुमा नेकपाले कसकसलाई समर्थन गर्ने भन्ने विषयमा अहिले छलफल गरिरहेको बताइएको छ ।  

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *