महरा काण्ड उजागर गर्ने पत्रकारलाई सुरक्षा खतरा …!

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको विषयमा समाचार लेख्ने पत्रकार अजयबावु सिवाकोटीलाई अज्ञात ब्यक्तिहरुले पछ्याउने गरेको उनी आवद्ध नेपाल प्रेस युनियनले जनाएको छ ।

युनियनका महासचिवसमेत रहेका पत्रकार सिवाकोटीलाई समाचारको विषयलाई लिएर धम्की दिइएको भन्दै प्रेस युनियनले आपत्ति प्रकट गरेको छ । अध्यक्ष बद्री सिग्देलद्वारा बिहीबार प्रेसित वक्तव्यमा पत्रकार सिवाकोटीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग मागसमेत गरिएको छ ।

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक शिवाकोटीमाथी सुरक्षा चुनौती देखिएको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिवाकोटीलाई समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएको युनियनको भनाई छ । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *