विदेशबाट ऋण लिएर ७ वटा प्रदेश चलाउन खोजेका छन्

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयतामा लगेर विदेशीको प्रयोगशाला बनाउन खोजिएको बताउनुभएको छ ।बिहीबार बाग्लुङको कुश्मीसेरामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीको सर्त र ऋण बोकेर संघीयता पाल्न नेपाली बाध्य नभएको बताउनुभयो । केसीले कुनै प्रणाली चलाउने नाममा जनतालाई चर्को करको मारमा पार्न नपाइने बताउनुभयो ।

‘विदेशबाट ऋण लिएर ७ वटा प्रदेश चलाउन खोजेका छन् । जुन सरकारले प्रदेशको राजधानी काहाँ हो भन्न पनि सकेको छैन, त्यसले कहाँबाट नेपाली जनताको सम्वृद्वि गर्नसक्छ ?’ केसीको प्रश्न थियो, ‘अहिले दशैँ नजिक आएको छ । नेपाली जनतालाई मंहगी बढाईएको छ । तर आफूहरु भने भ्रष्टाचार गरेर थुपारेको रकम कहाँ खर्च गर्ने भन्ने भाको छ।’

अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी भनेर नाम राखनेहरु विदेशीहरुको गुलामी गर्ने, आफ्ना नातागोतालाई व्यवस्थित पार्ने र सत्तामा बसेर भ्रष्टाचारीहरुको संरक्षण गर्ने काममा लागेको आरोप पनि लगाउनुभयो । ‘जनता जहाँ सुकै जाउन् उनीहरुलाई सेवा सुविधाको नाममा कर थुपारदिने मात्रै काम भइरहेको उहाँको भनाई थियो ।

केसीले नेपाली जनताले २००७ साल देखि लोकतन्त्रका लागि लडाईं गरिरहेको उल्लेख गर्दै वास्तविक लोकतन्त्र अझै नआएको बताउनुभयो । ‘जनताले राणा फाले, राजतन्त्र फाले । तर अहिले पनि नेपाली जनताले गास, वास कपासको व्यवस्था पाएका छैनन् । विश्वका कैयौँ देशहरु विज्ञान र प्रविधिको विकास गरेर साधन स्रोतमा आत्मनिर्भ भएका छन् ।

तर, हमम्रो देशमा भएका कलकारखाना समेत बन्द गराई दिएका छन् ।’ केसीले भन्नुभयो, ‘नेपालमा कलकारखाना भयो भने विदेशीहरुले आफ्ना सामन हाम्रो देशमा बेच्न पउदैनन् । हाम्रो देश आत्मनिर्भर भएर जान्छ । त्यसकारण विदेशीको चाहना अनुसार नेपाललाई आत्मनिर्भर हुन दिइएको छैन ।’

कृषि प्रधान देश नेपालमा यो वर्षमा मात्र ३२ अर्ब १४ करोडको खाद्यान्न आयत भएको प्रशंग उल्लेख गर्दै उहाँले तराईका खेती योग्य जमिनलाई डुबानमा पारिरहँदा समेत सरकार चुप लागेर बसेको बताउनुभयो । केसील भन्नुभयो, ‘नेपालमा चिनी उद्योग छ । तर उखु खेती गर्ने किसानले मुल्य पाउदैनन् । सरकारले भारतबाट चिनी ल्याउँछ । नेपालमै प्रसस्त मात्रामा रोजगारीको सम्भावना हुँदाहुँदै युवाहरु विदेशीन वाध्य भएका छन् । यो सबै सरकारको दुर्दसाको कारण हो ।’

सम्बोधनकै क्रममा अध्यक्ष केसीले २०२१ सालमा बाग्लुङमा कम्युनिष्ट पार्टी स्थापना गरेको प्रशंग पनि स्मरण गर्नुभयो । पार्टी स्थापना र कठिन राजनीतिक संघर्ष उल्लेख गर्दै उहाँले देश र जनताको लागि निस्वार्थ ढंगले लागेको पार्टीका नेता कार्यकर्ताहरु उत्साहका साथ एकजुट भएर पार्टी निर्माणमा लाग्न आह्वान पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेलले नेपालमा खुकुलो रुपमा वितरण भइरहेको नागरितालाई रोक्नुपर्ने बताउनुभयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनु र नागरिकतालाई खुकुलो पार्नु भारतको ग्राइन डिजाईन अनुसार भएको उल्लेख गर्दै उहाँले प्रदेश न. २ लाई हिमाल र पहाडबाट अगल गर्नु आपतिजनक रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा बाग्लुङले सञ्चालन गरिहेको ‘राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियान’ अन्तर्गत बिहीबार बृहत आमसभा सम्पन्न गरेको हो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसअघि बिभिन्न टोलीहरुले जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिएको राष्ट्रिय जनमोर्चा बाग्लुङले जनाएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *