औसिको रातमा दिप बल्दो रहेछ विश्वास
मरभुमिमा चिसो हावा , चल्दो रहेछ विश्वासले

बलिदान र त्याग संगै , मायाको बोट फुलेपछि
ढुन्गाको चट्टान पनि , गल्दो रहेछ विश्वासले

पिडा संगै चोटै चोट , भाला मुटुमा रोपेपनि
तिरस्कारमै मायाको बोट , फल्दो रहेछ विश्वासले

दुख कष्ट पिडा बाधा , मार्न धम्कि अनि चुनौति
आधी तुफान हुरी पनि , छल्दो रहेछ विश्वासले

नितान्तमा बुझ्दा खेरि , बास्तविक्ता मायाको
सलाई बिना संसार सारा , जल्दो रहेछ विश्वासले

सारदा पाण्डे
गुल्मी तम्घास
हाल जापान

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *