नेपाली जनसम्पर्क समिति ओमानले मृगौला पीडितलाई आर्थिक सहयोग रकम पठाएको छ ।

नेपाली जनसम्पर्क समिति ओमानले मृगौला पीडितलाई आर्थिक सहयोग रकम पठाएको छ । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वार्ड नम्बर ७ बङ राति निवासी कमल बहादुर गुरुङ लाई अार्थिक सहयाेग गरिएको हाे । दुबै मृगौला फेल भई मृत्यु संग लडिरहेका गुरूङ लाई उनका पत्नीले अाफनाे एउटा मृगौला प्रदान गरि उनको जीवन जाेगाएका थिए । अाफुले पुनर्जन्म पाएकाे मा पिडित गुरूङले अाफनाे श्रीमतीलाई पनि धन्यवाद दिनु भएको छ । हाल नेपालमा उनको उपचार भइ रहेको छ । उपचारको लागी आर्थिक अवस्था कमजोर हुन गएकाेले यस विपत्तिमा नेपाली जनसम्पर्क समिति अाेमानले गुरूङ लाई बचाउ अभियान सुरु गरेको थियो । समितीको मेम्बर तथा सहयोगी हातहरू बाट उठेको रकम नेपाली रु ४०,०००/- (चालिस हजार) रूपैयाँ सहयोग गरिएको हाे । साे रकम बिरामीका पत्नी माया गुरूङ लाई सहिद गंगालाल हस्पिटलमा नेपाली जनसम्पर्क समिति ओमानका केन्द्रीय सदस्य विमला पाैडेलले सहयोग रकम हस्तान्तरण गर्नु भएको नेपाली जनसम्पर्क समिति अाेमानका महामन्त्री नवीन पङ्गेनीले जानकारी गराउनु भएको हाे । गुरूङको मृर्गौलामा समस्या देखिएपछि उपचारको क्रममा धेरै नै खर्च लाग्ने भएकाेले आर्थिक सहयोग गर्नुहुन सबैलाई आग्रह गरिएको थियो । समिति को तर्फबाट पिडितकाे सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस पवित्र कार्यमा सहभागी हुनुहुने सम्पुर्ण सहयोगी मनहरुमा नेपाली जनसम्पर्क समिति अाेमान परिवारले हार्दिक आभार र धन्यवाद प्रकट गरेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *