अबोध जनावरको सामुहिक हत्या अपराध : विवेकशील नेपाली

विवेकशील नेपाली दल प्रदेश – ५ ले बिज्ञप्ति मार्फत अबोध जनावर लाइ सुर्खेतको कटकुवा जंगल स्थित भिरबाट खसालेर लगभग दुई दर्जन गाई मारिएको घटना प्रति ध्यान आकर्षण भएको र दोसी उपर कारबाहीको लागि माग समेत गेरको छ l

बिज्ञप्ति

नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेको झण्डै तीन सय गाई सुर्खेतको कटकुवा जंगल स्थित भिरबाट खसालिएको र जसमा लगभग दुई दर्जन गाई मृत अबस्थामा भेटिएको घटना प्रती विवेकशील नेपाली दल प्रदेश ५ को गम्भीर ध्यानाकर्षण भएको छ!
सदियौ देखि नेपालको राष्ट्रिय जनावरको मान्यता पाएको तथा नेपालीको आस्थाको धरोहरको रुपमा पुजिएको, स्विकार गरिएको गौमाता (गाई) लाई नियोजित तरिकाले बर्बरता पूर्वक सामुहिक हत्या गरिनु अति नै निन्दनीय र अपराधीक क्रियाकलाप भएको विवेकशील नेपाली दल प्रदेश ५ को ठहर छ! विवेकशील नेपाली दल प्रदेश ५ ले आगामी दिनमा यस्ता प्रकृतिका अपराधिक क्रियाकलाप दोहोर्याउन नदिनको लागि दोशी उपर सिघ्र छानबिन सहित कडा कारबाहिको माग गर्दछ!

                                       चिरञ्जीवी   शर्मा
                                               प्रबक्ता  
                                     विवेकशील नेपाली दल प्रदेश ५
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *