८० भन्दा बढी स्वादका चिया लिएर नेपाली बजारमा आयो नेपा टी प्रा लि

सुबास बस्नेत, नयाँ दिल्ली

“टेष्ट द बेस्ट” भन्ने मुल नारालाइ आत्मासाथ गर्दै नेपा टि प्रा. लि. ले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया लिएर नेपाली बजारमा आएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो हकिकत हो, जहाँ तपाई ८० भन्दा बढी प्रकारका चिया पिउन पाइने नेपालको पहिलो चिया दुकान हो ।


नेपा टी शपमा १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका फ्रुट टी, १५ प्रकारका नेपा आइसीइडी टी र अर्ग्यानिक चिया पिउन पाईन्छ । काठमाण्डौंमा खुलेका नेपा टि सपहरुमा नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि हितकर मानिएको अर्गानीक चिया लगायत बिभिन्न चियाहरु उपलब्ध छन ।
नेपाली कच्चा पदार्थहरुलाई प्रयोग गरेर बनाइने ति ८० भन्दा बढी प्रकारका चियाहरु न्युनतम रु २० देखि अधिकतम रु २ सय सम्ममा पिउन सकिनेछ । यदि तपाई पनि नेपा टी शपमा चिया पिउन चाहनुहुन्छ भने चावहिल भत्केको पुल, कोटेश्वर र पेप्सीकोला स्थीत सनसिटी अपाटमेन्टको अगाडी रहेको पिपल कम्प्लेक्स गरी तिन स्थानमा जान सक्नुहुने छ । त्यहाँ नेपा टिको स्वाद लिन पाइने छ ।
६० लाख भन्दा बढी लगानी गरी काठमाण्डौका ३ स्थानमा सञ्चालन गरिएका टि सप मार्फत १८ जनाले रोजगारी समेत पाएका छन् । नेपाली बाजारमा ब्यापक चलेको युवा विदेश पलायनको यात्रालाइ केहि हदसम्म रोक्नमा व्यापारको सुरुवात गरेको संचालम सागर अधिकारीले बताए ।
तपाइँ अचम्म पर्न सक्नुहुन्छ नेपा टी शप कोइ सामान्य अनपढ द्वारा संचालित छैन । यहा सी ए पृष्ठभूमि बाट जुटेका युवाहरु हाल नेपाली समाजमा चलिरहेको विदेश पलायन प्रवृति तोडेर स्वदेशमै उद्धमसिलातालाई प्रयास दिदै नेपाली युवाहरुका लागि गतिलो उदाहरण बनेकाछन ।

नेपा टी शपमा चिया मात्र होइन यहा “बुक, म्युजीक एण्ड टि” भन्ने अभिप्राय सहित सञ्चालन भइरहेका सप भित्रै पुस्तकालय र म्युजीक समेत उपलव्ध छन् । जहाँ भरपुर आनन्द सहित चिया पिउन सकिन्छ । ग्राहकको चाहनालाइ मध्ये नजर राख्दै यहा चियाका साथ साथै केक तथा बेकरीका आइटमहरुका समेत स्वाद लिन सकिने छ । पिज्जा, बर्गर, हटडग लगायतका फास्ट फुडले त झनै सुनमा सुगंद जस्तै ल्याएको छ।

सागर अधिकारी, बिबेक खड्का, आशिष गिरी, शिव पौडेल, रोहित थापा र मुर्सिद अन्सारी गरि छ जना चार्टड एकाउन्टेन्ट पेशामा आवद्द युवा द्वारा संचालित नया कन्सेप्टले छोटो अवधिमानै नेपालमा सञ्चालीत टि र कफि सप भन्दा पृथकरुपमा पहिचान बनाउन सफल नेपा टि सपले अव चाँडै नै काठमाण्डौं उपत्यकाका अन्य स्थान सहित उपत्यका बाहिरका शहरहरुमा समेत टि सप सञ्चालन गर्ने संचालम सागर अधिकारी बताउछन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *