साझा पार्टीमा कार्यकर्ता धमाधाम पार्टी छोड्दै, नेतृत्वले निरङ्कुश शैली अपनाएको आरोप

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु सद्भाव समुहको अध्यक्ष गोपाल धानुक (बैतडी), उपाध्यक्ष टेकेन्द्र शाहि (जाजरकोट), सचिव नरेन्द्र बोहरा बैतडी ,स सचिव डिल्ली अधिकारी (कैलाली), कोषाध्यक्ष बिरेन्द्र धानुक बैतडी, सदस्य क्रमशः जीवन टमाटा (दार्चुला), सागर वि सि (दार्चुला), लोकेन्द्रबहादुर धानुक (बैतडि) प्रेम बहादुर बोहरा (कैलाली), मंगलसिंह साउद (बैतडि), राजेन्द्र ढाट र वीर बहादुर बोहराले विवेकशील साझा पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको घोषणा गरेका छन् । एक विज्ञप्ति जारि गरी उनीहरुले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पार्टिबाट राजिनामा दिनु पर्ने कारण प्रष्ट्याउँदै आफ्ना असहमतिहरु बताएका छन् ।विज्ञप्तीमा भनिएको छ

“पार्टीमा ठुला बडा र सम्पन्न बर्गका मानिसको मात्रै हालिमुहालि बढेको, कुनैपनि निर्णय गर्दा केन्द्र र संयोजक ले मनोमानि निर्णय गर्ने गरेको जस्तैः विगतको रास्ट्रिय सभामा राधेश्याम अधिकारीलाई समर्थन पछिको विवाद, अर्को प्रदेश ३ को प्रतिनिधि छनौट प्रक्रियामा छलफल नगरि निर्णय गरेर संगठनमा भाडभैलो ल्याएको र हालै समावेसिताको नाममा सबै सम्पन्न र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको लगायतका कुराहरू र सुझाव दिदा पनि व्यवस्था गरेको उनीहरुको आरोप छ । कार्यकर्ताको सुझावलाई बेवास्ता गर्दा नै पार्टी फुटेको हो, भन्ने उनीहरुको ठम्याइ व्यक्त गरिएको छ । केही दिन अघि कैलालीमा नगर संयोजक र प्रदेशसभा सदस्य उम्मेदवारले दिएको राजिनामा लगाएतका बिषयमा छलफल गरेपछि राजीनामाको निर्णयमा पुगिएको बताइएको छ ।

बिबेकसिल साझा पार्टी सभा उमेदवार तथा मलेसियाको जोहरबारू सहसंयोजक बिरेन्द्र बोहरा बिमल लगायतका एकाई कमिटीका १३ जानले पार्टी परित्याग गरेको जानकारी गराइएको छ । राजीनामा गर्नेहरुमा :
सह सयोजक – बिरेन्द्र बोहरा बिमल 
अध्यक्ष – गोबिन्द धानुक 
उपाध्यक्ष – टेकेन्द्र शाहि 
सचिब – नरेन्द्र बोहरा 
सदस्य – 
बिरेन्द्र धानुक 
लोकेन्द्र धानुक 
जीवन टमाटा 
सागर बि सि 
प्रेम बोहरा 
डिल्लि अधिकारी 
मगँल साउद 
राजेन्द्र घनाडी 
वीर बहादुर बोहरा रहेका छन् ।

https://www.facebook.com/bir.bohara.961950226/posts/2390913144565415आजकाे मिति देखि म विवेकशील शाझा पार्टीको मलेसिया सद्भाव समितिको सह संयोजक बिमल बोहरा मलेसिया को जोरबाारु सद्भाव समुहो अध्यक्ष गोपाल धानुक( बैतडी ,) उपाध्यक्ष टेकेन्द्र शाहि (जाजरकोट ),सचिव नरेन्द्र बोहरा बैतडी ,स सचिव डिल्ली अधिकारी (कैलाली ),कोषाध्यक्ष बिरेन्द्र धानुक बैतडी, सदस्य क्रमशः जीवन टमाटा (दार्चुला )सागर वि सि (दार्चुला )लोकेन्द्र बहादुर धानुक (बैतडि) प्रेम बहादुर बोहरा (कैलाली ) मंगलसिंह साउद (बैतडि )राजेन्द्र ढाट र वीर बहादुर बोहरा सबैले एक विज्ञप्ति जारि …Continue Reading


सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *